सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७०) - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७०)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च।
निर्ममो निरहंकारः समदुःखसुखः क्षमी।।१३।।
संतुष्टः सततं योगी यतात्मा दृढनिश्चयः।
मय्यर्पितमनोबुद्धिर्यो मद्भक्तः स मे प्रियः।।१४।।

सब्‌को मित्र, दयालु, प्राणीगणमा जो लिन्न द्वेषादिक
सुख्‌दुःखमा समभाव राख्छ, ममता गर्वादिले शून्य छ।
नित्यै तुष्ट रहन्छ, इन्द्रिय सबै वश् छन्, क्षमाशील छ
मैमा बुद्धि र मन् लगाउँछ भने त्यो हुन्छ मेरो प्रिय।।९।।

यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च यः।
हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मे प्रियः।।१५।।
अनपेक्षः शुचिर्दक्ष उदासीनो गतव्यथः
सर्वारम्भपरित्यागी यो मद्भक्तः स मे प्रिय।।१६।।

डर्दैनन् सब जीव जोसँग, स्वयम् डर्दैन कोहीसँग
डर्, उद्वेग र हर्ष विस्मय रहित् नित्यै शुचि, दक्ष, छ।
इच्छा मुक्त छ पक्षपात नलिने, सुख्‌दुःख् समै ठान्दछ
त्यागेको छ समस्त कर्म जसले त्यो हुन्छ मेरो प्रिय।।१०।।

यो न हृष्यसि न द्वेष्टि न शोचति न काङ्क्षति।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः।।१७।।
समः शत्रौ च मित्रे च तथा मानापमानयोः।
शीतोष्णसुखदुःखेषु समः सङ्गविवर्जितः।।१८।।

एकै ठान्दछ शत्रुमित्र र अनि मानापमानै पनि
एकै मान्दछ शीत उष्ण सुखदुःख्, आसक्ति छैनन् कुनै।
हर्षित् हुन्न र द्वेष छैन, न त छन् इच्छा र शोकादिक
त्यागेको छ क्रिया शुभाशुभ भने त्यो हुन्छ मेरो प्रिय।।११।।

तुल्यनिन्दास्तुतिर्मौनी संतुष्टो येन केनचित्।
अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः।।१९।।
ये तु धर्म्यामृतमिदं यतोक्तं पर्युपासते।
श्रद्दधाना मत्परमा भक्तास्ते
तीव मे प्रियाः।।२०।।

निन्दा औ स्तुति एक ठान्दछ, सधैँ सन्तुष्ट औ मौन छ
घर्‌जम् गर्न रूचाउँदैन र ममा मन् स्थिर् छ, श्रद्धालु छ।
श्रद्धायुक्त भई भने जसरी नै यो धर्म शिक्षामृत
जस्‌ले सुन्छ र गर्छ पालन सधैँ त्यो हुन्छ मेरो प्रिय।।१२।।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे भक्तियोगो नाम द्वादशोऽध्यायः।।१२।।

(क्रमशः)