सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७४) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७४)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उपावपि।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवम्।।१९।।
कार्यकरणकर्तृत्वे हेतुः प्रकृतिरुच्यते।
पुरुषः सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते।।२०।।

हे अर्जुन् दुइटै पुरुष् र प्रकृति जान्नू अनादी भनि
हुन् रागादि विकार यै प्रकृतिका सन्तान, गुण् नै पनि।
कारण् हो प्रकृति शरीरहरूका सञ्चालना कार्यमा
सुख्‌दुःख् भोगमहाँ अनादि पुरुषै मानिन्छ कारण यहाँ।।१२।।

पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान्गुणान्।
कारणं गुणसङ्गो
स्य सदसद्योनिजन्मसु।।२१।।
उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वरः।
परमात्मेति चाप्युक्तो देहे
स्मिन्पुरुषः परः।।२२।।

हे कौन्तेय ! पुरुष् बसी प्रकृतिमा गुण् भोग्छ उस्‌का सब
यो गुण् सङ्गति नै अनेक जुनिको कारण् छ उसको बुझ।
साक्षी रूप छ, मान्छ, भोग्दछ, शरीर्‌भित्रै छ, त्यै पाल्दछ
यस्तो रूप छ ब्रह्मको तर शरीर्‌भन्दा छ धेरै पर।।१३।।

य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणैः सह।
सर्वथा वर्तमानो
पि न स भुयोभिजायते।।२३।।
ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना।
अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे।।२४।।

जस्‌से यस् रितले पुरुष्, प्रकृति औ गुण्‌को स्वरूप् चिन्दछ
कस्तै कर्म गरोस् न फेरि भवमा जन्मन्न ऊ निश्चय।
आत्मालाई स्वयम्‌महाँ कति जना ध्यानस्थ भै देख्तछन्
कोही भेट्तछ साङ्ख्यले र कतिले कर्मै गरी भेट्तछन्।।१४।।

अन्ये त्वेवमजानन्तः श्रुत्वान्येभ्य उपासते।
ते
पि चातितरन्त्येव मृत्युं श्रुतिपरायणाः।।२५।।
यावत्संजायते किंचित्सत्त्वं स्थावरजङ्गमम्।
क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्वि भरतर्षभ।।२६।।

यो सब् जान्न नपाउँदा कति जना भज्छन् सुनेका भर
तर्छन् सुन्न निपुण् तिनीहरू पनि यो मृत्युको सागर।
स्थावर्, जङ्गमलोक, क्षेत्र र यही क्षेत्रज्ञ संयोगले
यस् रूप्‌को बनियो भनी बुझ तिमी हे पार्थ विश्वासले।।१५।।

(क्रमशः)