सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७८) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७८)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अर्जुन उवाच
कैर्लिङ्गैस्त्रीन्गुणनेतानतीतो भवति प्रभो।
किमाचरः कथं चैतांस्त्रीन्गुणानतिवर्तते।।२१।।

सोध्छन् अर्जुन कृष्णसाथ भगवन् ! सत्त्वादि तीनै गुण
के गर्दा जितिइन्छ, औ विजयीमा पाइन्छ के लक्षण।
के कस्तो व्यवहार हुन्छ गुणको सम्बन्ध त्यागेपछि
यो सब् पाउँ यथार्थ जान्न अहिले इच्छा छ जाने अति।।११।।

श्रीभगवानुवाच
प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव।
न द्वेष्टि संप्रवृत्तानि न निवृत्तानि काङ्क्षति।।२२।।

आज्ञा भो अनि कृष्णबाट जसले सत्त्वादि गुण्‌का फल
ज्ञान, ज्योति र कर्म, मोहहरूको राख्तैन क्यै खायस।
आएमा पनि भोग्छ दिक्क नभई खोज्दैन छुट्ता पनि
त्यस्ता निस्पृह व्यक्तिलाई तिमीले जाने गुणातीत् भनी।।१२।।

उदासीनवदासीनो गुणैर्यो न विचाल्यते।
गुणा वर्तन्त इत्येव यो
वतिष्ठति नेङ्गते।।२३।।
समदुःखसुखः स्वस्थः समलोष्टाश्मकाश्चनः।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दास्मसंस्तुति।।२४।।

गुण्‌द्वारा विचलित् हुँदैन कहिल्यै, निष्पक्ष भै चल्दछ
गुण्‌मा नै गुण वस्तछन् भनि बुझी डग्दैन स्थिर् बस्तछ।
निन्दा औ स्तुति दुःख्, सुख, प्रिय तथा द्वेषी समै ठान्दछ
माटो, पत्थर, सुन समान जसका, जो धीर औ स्वस्थ छ।।१३।।

मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः।
सर्वारम्भपरित्यागी गुणातीतः स उच्यते।।२५।।
मां च यो
व्यभिचारेण भक्तियोगेन सेवते।
सु गुणान्समतीत्यैतान्ब्रह्मभूयाय कल्पते।।२६।।

जस्‌लाई अपमान, मान सम छन्, छन् शत्रु मित्रै सम
त्यागेको छ समस्त कर्म जसले त्यो हो गुणातीत् जन।
मेरो मात्र अनन्य भक्ति मनमा राखेर जो चल्दछ
नाघी सत्त्व रजादि सब् गुणहरू त्यो ब्रह्ममा मिल्दछ।।१४।।

ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्ययस्य च।
शाश्वतस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च।।२७।।

हे अर्जुन् ! सुन निर्वाकर सबमा व्यापक् परब्रह्मको
त्यस्‌साथै अमरत्वको पनि म हूँ आधार त्यो सत्य हो।
मै हूँ शाश्वत धर्मरक्षक तथा आनन्दको आश्रय
मेरो भक्ति गरेर भक्त सजिलै यी सब् कुरा पाउँछ।।१५।।

तत्सदिति श्रीमद्‌भगवद्‌गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे गुणत्रयविभागयोगो नाम चदुर्दशोध्यायः।।१४।।

(क्रमशः)