सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८०) « Himal Post | Online News Revolution
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८०)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

निर्मानमोहा जितसङ्गदोषा अध्यात्मनित्या विनिवृत्तकामाः
द्वन्द्वैर्विमुक्ताः सुखदुःखसंज्ञैर्गच्छन्त्यमूढा पदमव्ययं तत्।।५।।

जुन् योगी अभिमान, मोह, ममता, आसक्तिले शून्य छन्
आत्मामा स्थिर, कामनारहित छन्, आफैँ त्यसै तुष्ट छन्।
सुख्‌दुःख् नामक द्वन्द्वयुक्त जन यी छन् पुण्यशाली यहाँ
यी ज्ञानी जन पुग्दछन् सहजमा त्यस अव्यय स्थानमा।।५।।

न तद्भासयते सूर्यो न शशाङ्को न पावकः।
यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम।।६।।
ममैवांशो जीवलोके जीवभूतः सनातनः।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति।।७।।

पुग्दैनन् जुन ठाउँ सूर्य शशि औ आगो उज्यालो दिन
फर्किन्नन् जुन ठाउँमा पुगि कुनै त्यै धाम मेरो गन।
मेरै अंश छ जीवको रूप लिई बस्ने सबै देहमा
मन्, ज्ञानेन्द्रिय साथ राख्छ उसले हुन्छन् ती मायामहाँ।।६।।

शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वरः।
गृहीत्वैतानि संयाति वायुर्गन्धानिवाशयात्।।८।।
श्रोत्रं चक्षुः स्पर्शनं च रसनं घ्राणमेव च।
अधिष्ठाय मनश्चायं विषयानुपसेवते।।९।।

हावा गन्ध लिई उडेसरी शरीर् छोड्दा ती सब् टिप्तछ
पस्ता अन्य शरीरमा यिनसँगै त्यो जीव गै पस्तछ।
चक्षुः, श्रोत्र र स्पर्श, घ्राण, रसना मन्‌को गरी आश्रय
जीवात्मा अनि गर्छ सब् विषयको सेवन्, बनी नायक।।७।।

उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणाविन्तम्।
विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुषः।।१०।।
यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम्।
यतन्तो
प्यकृतात्मानो नैनं पश्यन्त्यचेतसः।।११।।

गुण्‌ले युक्त छ, हिँड्छ, बस्छ र पनि यो जीव देहैसँग
ज्ञानी झल्‌झलि देख्तछन् तर यही देख्तैन पामर् जन।
भेट्छन् यत्न गरेर योगीहरूले आफैँमहाँ ईश्वर
यत्नैने पनि चित्त शुद्ध नहुँदा देख्तैन त्यो पामर।।८।।

यदादित्यगतं तेजो जगद्भासयतेखिलम्।
यच्छन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम्।।१२।।
गामाविश्य च भूतानि धारयाम्यहमोजसा।
पुष्णादि चौषधीः सर्वाः सोमो भूत्वा रसात्मकः।।१३।।

दिन्छन् सूर्य प्रकाश विश्वभरिमा जुन् तेजले पाण्डव
त्यो औ चन्द्र र अग्निको पनि सबै तेज् भो मबाट बुझ।
पृथ्वीमा पसी शक्तिले सब जगत् धारण् गरी बस्तछु
अमृत् रूप लिएर चन्द्र बनिई उद्भिद् जगत् पोस्तछु।।९।।

(क्रमशः)