सुदूरपश्चिम प्रदेशमा १५ गते सार्वजनिक बिदा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सुदूरपश्चिम प्रदेशमा १५ गते सार्वजनिक बिदा



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । आइतबार सुदूरपश्चिमको ‘अ‍ैटवारी’ पर्व परेकाले प्रदेश सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो । साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सङ्घीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार सुदूरपश्चिमको ‘अ‍ैटवारी’ पर्वको अवसरमा मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।