दुई बर्षदेखि सार्वजनिक शौचालय प्रयोगविहीन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दुई बर्षदेखि सार्वजनिक शौचालय प्रयोगविहीन



विशाल पाण्डेय / कैलाली –
घोडाघोडी नगरपालिका – १० पहलमानपुरमा रहेको सार्वजनिक शौचालय दुई बर्षदेखि अँझै प्रयोगमा आएको छैन् । सर्वसाधारणको लागि नगरपालिकाले ५ लाख खर्चमा निर्माण गरेको सार्वजनिक शौचालय दुई बर्ष देखि प्रयोगमा नआएको हो ।

बाहिरबाट ओहोरदोहोर गर्ने सर्वसाधारणहरुको पहुँचभन्दा टाढा बनाइएकोले प्रयोगमा नआएको स्थानीय निशान्त मिश्रले बताए । सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको प्रयोगको लागि शौचालय निर्माण गरिएपनी बजार क्षेत्रभन्दा टाढा रहेको हुँदा शौचालय प्रयोगमा नआएको मिश्रले बताए ।

बजारमा ठाउँ नहुदा सबैको सल्लाह अनुसार उक्त ठाउँमा शौचालय निर्माण गरिएको तत्कालिन निर्माण उपभोक्ता समितीका अध्यक्ष खम्म बहादुर शाहले बताए । पहलमानपुर बजारको पुर्व तिर सवारीसाधनलाई पार्किङ एरिया बनाउने तथा वडा कार्यालयको भवन पनि बनाइने भनिएपछी सबैको सल्लाहमा स्टिमेट अनुसार त्यहाँ संरचना बनाइएको बताए ।

केही समय राम्रैसंग संचालनमा आएपनी सबैको बेवास्ताका कारण शौचालय दुर्गन्धित बन्दै गएको हो । आफुहरुले शौचालय निर्माण पश्चात वडा कार्यालयलाई हस्तान्तरण गरेका हौं । शाहले भने , “पछिल्लो समय आफुहरुले बारम्बार शौचालय सरसफाईको प्रयास गर्दा पनि सफल भएनौं । वडा सरकारले नै यसको उचित ब्यवस्थापन गरी संचालनमा ल्याउनु पर्छ ।”

यता वडा अध्यक्ष भिम बहादुर बमले चाडै नै शौचालयको ब्यवस्थापन गरिने बताए । सरसफाइको लागि स्थानीय ब्यापारीलाई यसको जिम्मा दिने तयारीमा रहेको अध्यक्ष बमले जानकारी दिए । बजारको मुख्य चोकमा जग्गा अभाव रहेकोले त्यहाँ शौचालय बनाइएको बताउदै अध्यक्ष बमले यसलाई ब्यवस्थित गर्दै लैजाने बताए ।