सर्वेन्द्र खनाल एमालेमा, विशेष पद र उम्मेदवार बनाउने सहमति - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सर्वेन्द्र खनाल एमालेमा, विशेष पद र उम्मेदवार बनाउने सहमति



काठमाडौं- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

स्वतन्त्रदेखि विभिन्न अभियानमा देखा परेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन् ।

भोलि बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनलाई स्वागत गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

खनाल पहिलेदेखि नै ओली निकट भएर काम गरेको चर्चा चल्ने गरेको थियो । खनाललाई एमालेमा विशेष स्थान दिनेगरी बालकोटमा बुधबार सहमती भएको बताइएको छ ।

स्रोतका अनुसार एमालेको कुनै महत्त्वपूर्ण पद र एक स्थानबाट उम्मेदवार बनौने गरि सहमती भएको बताइएको छ ।