सर्जक सन्तोष बानियाँको उत्कृष्ट शब्द सृजनामा “सुन चाँदीको महल”सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सर्जक सन्तोष बानियाँको उत्कृष्ट शब्द सृजनामा “सुन चाँदीको महल”सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे /फाल्गुन ७ 
महलमा पाक्ने खिर भन्दा झुपडीमा पाक्ने ढिडो मीठो हुन्छ,लाखमा खेल्न थाले पछि सुकि र मोहोरको भाउ कहाँ हुन्छ र सानु।म मन हुनिको माया लत्यायौ धन हुने भेटेपछी।तिम्रो सधैँ जय होस।सधैँ राम्रो होस।आटेको पुगोस चाहेको पुगोस।सधैँ मिस्ठान्न गाँस होस।सुनकै महलमा बास होस।तिमीलाई चिची नि पापा नि सबै होस।म दुखी यस्तै ठिक छु तिम्रै खुसी हेरेर रमाउला।तिमीलाई कहिल्यै दुख झेल्न नपरोस।आखाबाट आँसु नझरोस।हिन्दा ठेस नलागोस नहुदा केस नझरोस।तिम्रो जिन्दगी फलोस फुलोस शुभकामना शुभकामना !

यस्तै मर्म स्पर्शी भावले समेटिएको अहिले सम्मकै फरक धारको गीत विष्णु माझी र अर्जुन कुवरको आवाजमा “सुन चादीको महल” सार्वजनिक भएको छ ।

सन्तोष बानियाँले शब्द सृजना गरेको गीतमा राजकुमार बानियाँले सङ्गीत गरेका छन् भने चर्चित नायिका अनिता बस्नेत र कृष्ण थापा अनि धुर्न गुरुङ लगायतले अभिनय गरेका छन्।सुजन शाहीले सम्पादन गरेको भिडियो सुजन न्यौपानेले खिचेका हुन।मलेसियामा छायान्कन गरिएको भिडियो शन्तोष बानियाँले नै निर्देशन गरेका हुन।

https://youtu.be/XvCBDGaDbH0