सरकार छाड्ने समाजवादी पार्टीको निर्णय - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय



काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनमा असन्तुष्टि देखाउंदै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने लगभग पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेसँगै समाजबादी पार्टी असन्तुष्ट बनेको हो ।

केपी ओलीले आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै बाहिरिने तयारी गरेका हुन् । आफूहरुसँग कुनै छलफल नगरी मनपरी गरेको समाजवादी पार्टीको आरोप छ।

प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिएर स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकाबाट एकाएक हटाएको भन्दै बिरोध गरेका छन् ।

उपप्रधानमन्त्री यादव हाल दिल्ली भ्रमणमा छन् । उनी दिल्लीबाट फर्किएपछि बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरिने बताइएको छ।