सरकार र गठबन्धनबीच बैठक सम्पन्न, अर्को बैठक शुक्रबार बस्ने निर्णय - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सरकार र गठबन्धनबीच बैठक सम्पन्न, अर्को बैठक शुक्रबार बस्ने निर्णय



हिमाल पोष्ट\ बैसाख, १४ काठमाडौं

 

संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ । संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटार बोलाएका थिए ।

बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो । बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संंसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।