आज पृथ्वी जयन्ती ,साकारी बिदा छैन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आज पृथ्वी जयन्ती ,साकारी बिदा छैन



पुस २७ ।  आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्तीका अबसरमा सरकारमै रहेका दल एवं नागरिकस्तरमा भने विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मनुभएका शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।

यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ । नागरिकस्तरबाट एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन ।