अब सरकारी डाक्टरले क्लिनिकमा काम गर्न नपाउने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अब सरकारी डाक्टरले क्लिनिकमा काम गर्न नपाउने



काठमाडौं- सरकारी चिकित्सकहरूले निजि क्लिनिकमा काम गर्न नपाउने भएका छन् ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले सरकारसँग अनुमति निलिई निजी अस्पतालमा काम गर्न नपाउने भएका हुन्।

अनुमति नलिई काम गरेको पाइएमा कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केही दिनअघि गरिएको यो मन्त्रीस्तरीय निर्णयलाई मन्त्रालयले सम्बन्धित सबै निकायहरुलाई परिपत्र गरिसकेको छ।

‘नेपाल सरकारको अस्पतालमा कार्यरत चिचित्सकहरुले निजी अस्पताल, क्लिनिक लगायतको निजी स्वास्थ्य संस्थामा कार्यालय समयबाहेक काम गर्नुपर्दा मन्त्रालयबाट स्वीकृती लिने र सरकारी अस्पतालको नाम तथा पदनाम समेत उल्लेख गरी सञ्चालन गरेको सुनिन आएकाले उक्त कार्य गर्न नपाइने,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्रमा उल्लेख छ।

नेपाल मेडिकल काउसिन्लले सरकारी चिकित्सकहरुले निजी अस्पताल तथा क्लिनिकमा काम गरेको सम्बन्धमा अनुगमन गर्ने जनाइएको छ।

मन्त्रालयले नेपाल सरकार र मन्त्रालयको लोगो दातृ निकाय र गैर सरकारी संस्थाहरुबाट सार्वजनिक कार्यक्रम तथा प्रकाशनमा दुरुपयोग गरेको पाइएकाले अब यस्तो प्रयोग गर्दा पूर्व स्वीकृति लिनुपर्ने समेत परिपत्रमा भनेको छ।

‘मन्त्रालय मातहतका निकायमा कार्यरत कर्मचारीहरु विदेश भ्रमण, कार्यपत्र प्रस्तुतिलगायत कार्यक्रममा सहभागिता गर्दा मन्त्रालयबाट स्वीकृति-अनुमति लिने, यस बिपरित कार्य भएमा प्रचलित कानुन, ऐन, नियम बमोजिम विभागीय कारबाही प्रक्रिया मन्त्रालयबाट गर्ने व्यवस्था गर्ने,’ परिपत्रमा भनिएको छ।

मन्त्रालयले अख्तियारवालाको पूर्व स्वीकृति बेगर विभिन्न संघ संस्था, दातृ निकाय आदिसँग अध्ययन, तालिम, भ्रमण तथा कुनै पनि सुविधाका लागि व्यक्तिगत तवरले काम नगर्न पनि भनेको छ।