तीन सिडिओको सरुवा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

तीन सिडिओको सरुवा



काठमाडौं ।

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।

नुवाकोटका सिडिओ जगदशीराज बराल, रसुवाका सिडिओ हिरादेवी पौडेल र सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापाको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायण शर्माले बताए । सरुवा गरेका सिडिओ बराललाई गृह मन्त्रालय तानिएका छ, त्यस्तै पौडेललाई त्रिभुवन विमानस्थल अध्यागमन विभागमा सरुवा गरिएको छ भने थापालाई मध्य क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा सरुवा गरिएको छ ।

सोलुखुम्बुमा नयाँ सिडिओ सुनिल खनाल, नुवाकोटमा वीरेन्द्र यादब तथा रसुवामा चोमेन्द्र न्यौपानेलाई पठाउने तयारी गरिएको गृह स्रोतले बताएको छ ।