सर्वोच्च अदालतमा अर्को मुद्दा,चुनाव सर्ने संकेत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सर्वोच्च अदालतमा अर्को मुद्दा,चुनाव सर्ने संकेत



कात्तिक १३, काठमाण्डौ ।

प्रदेशसभा र प्रतिनिधीसभाको चुनावका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्नुपर्छ भन्ने विषय सल्टिएको २४ घण्टा नवित्दै सर्वोच्च अदालतमा अर्को मुद्दा परेको छ ।प्रदेशसभा र प्रतिनिधीसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र पनि छुट्टाछुट्टै चाहिन्छ भन्दै आज सर्वोच्चमा मुद्दा दायर भएको हो ।

अधिवक्ता सुनिलकुमार पटेलले समानुपातिकतर्फको मतपत्र पनि बेग्लाबेग्लै व्यवस्था नगरिएको भन्दै निर्वाचन अयोगविरुद्ध मुद्दा दायर गरेका हुन् ।पटेलले छापिइसकेको समानुपातिकतर्फको मतपत्र प्रतिनिधीसभा र प्रदेशसभाकौ एकै ठाउँमा भएको भन्दै मुद्दा दायर गरेका हुन् ।

उक्त मतपत्र बदर गरेर छुट्टै मतपत्र छाप्न माग गरिएको छ ।यसअघि प्रत्यक्षतर्फको मतपत्र बेग्लै बेग्लै छाप्नुपर्छ भन्ने मागसहित परेको मुद्दामा सर्वोच्चले निर्वाचन आयोगसँग किन एउटै मतपत्र प्रयोग गरियो भन्ने प्रश्नको जवाफ मागेको थियो । सर्वोच्चले जवाफ मागेपछि आयोगले बेग्लाबेग्लै मतपत्र छाप्ने निर्णय गरेको थियो ।

तर समानुपातिकतर्फको मतपत्र छापिइसकेको हुनाले सर्वोच्चले प्रत्यक्षतर्फको मतपत्र जस्तै समानुपातिकतर्फको मतपत्र बेग्ला बेग्ले आवश्यक पर्ने आदेश दिएको खण्डमा तोकिएको मितिमा चुनाव हुन नसक्ने अवस्था छ । चुनाव आउन एक महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा समानुपातिकतर्फको मतपत्र पुनः छाप्नु परेमा समय अभावका कारण चुनावको मिति सार्नुपर्ने देखिन्छ ।