पुनर्निर्माण प्राधिकरणका ज्ञवालीद्वारा सर्बोच्चमा रिट दायर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पुनर्निर्माण प्राधिकरणका ज्ञवालीद्वारा सर्बोच्चमा रिट दायर



३ माघ, काठमाडौं । कार्यशैली सन्तोषजनक नभएको भन्दै सरकारको बर्खास्तीमा परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ सुशील ज्ञवालीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफ्नो पदावधी बाँकीनै रहेको अवस्थामा गैरकानूनी रुपमा सरकारले आफूलाई हटाएको उनको दावी छ ।

सर्बोच्चमा दायर गरिएको रिटमा ज्ञवालीले सरकारी निर्णयबिरुद्ध अन्तरिम आदेशको माग गरेको आजको गरखापत्र दैनिकमा समाचार छ ।

रिट निवेदन आइतबार ढिला गरी प्राप्त भएकाले दर्ता तथा दरपीठ के गर्नेबारे सोमबारमात्र निर्णय हुने बताइएको छ ।

सरकारले बुधबार ज्ञवालीलाई हटाएर डाक्टर गोविन्द पोखरेललाई प्राधिकरणको सिइओ बनाएको थियो ।