काँग्रेस पहिलो दल बनेर सरकारको नेतृत्व लिन्छ : शशांक कोइराला - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काँग्रेस पहिलो दल बनेर सरकारको नेतृत्व लिन्छ : शशांक कोइराला



 

काठमाडौँ ।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले यस पटकको चुनावमा काँग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले काँग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले काँग्रेस ठुलो दल बन्ने बताएका छन् ।

यस पटकको चुनावमा काँग्रेस एकतावद्ध भएर लागेको बताउँदै कोइरालाले पार्टीभित्र एकताको सन्देश दिन सफल भएको जिकिर गरे ।
पार्टीभित्र एकताको सन्देश गएकाले पनि आफ्ना उम्मेदवारहरुले जित्ने दाबी कोइरालाको छ ।

चुनावपछि काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै कोइरालाले चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्नसक्ने बताए ।

उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढी रहेको बताएका छन् ।
प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक भएको बताउँदै कोइरालाले प्रक्रिया पु¥याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइने बताए ।

नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बनेका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिबद्ध भएको बताए । जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिबद्ध रहेको कोइरालाको भनाई छ ।
उनले जिल्लामा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।