संस्कृत भाषा बोल्नुहोस् ,ब्लडप्रेसर र मधुमेह जस्ता रोग भागाउनुहोस् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संस्कृत भाषा बोल्नुहोस् ,ब्लडप्रेसर र मधुमेह जस्ता रोग भागाउनुहोस्



काठमाडौं । विश्वकै पुरानो भाषा संस्कृतमा कुराकानी गर्ने मानिसलाई कैयौं रोगहरुले छुन पनि नसक्ने निष्कर्ष एक अनुसन्धानले देखाएको छ । जीवनयापनको क्रममा अत्यन्त तनावमा रहने मानिसलाई हुने ब्लडप्रेसर, मधुमेह, कोलेस्टोलजस्ता आम रोगले कैयौं व्यक्तिको असमयमा ज्यान जाने र परिवार नै आर्थिक रुपमा टाट भएका कैयौं घटना बारम्बार भैरहेको पाईन्छ ।

खुशीको कुरा हो कि यस्ता रोगबाट मुक्ति पाउन कुनै महंगो अस्पताल या चर्को मूल्य चुकाएर अनेकौं औषधि खानुको साटो संस्कृत भाषाको बोलिचालीमा अभ्यास गर्नाले मात्र यी रोगबाट बच्न सकिन्छ । अनुसन्धानले भनेको छ– संस्कृत भाषाको प्रयोगले मानव शरीरको तन्त्रिका तन्त्र सक्रिय हुन गई सकारात्मक उर्जा प्रवाह गर्न सहयोग पुर्याउँछ । जसले शरीरमा रोग प्रतिरोधात्मक शक्ति आर्जन गर्न ठूलो योगदान भैरहेको हुन्छ ।

विडम्बनाको कुरा यो छ कि मानिसहरु कुनै प्रसिद्ध तीर्थस्थल वा कुनै शैक्षिक संस्थाहरूको भित्तामा संस्कृत शव्दमा आँखा पर्यो भने नदेखे झैँ गर्छन् । किनभने संस्कृत र हाम्रो साइनो बालककालदेखि नै टुटिसकेको छ । आधुनिक हुने नाममा हामी दिनानुदिन जति संस्कृत भाषाबाट टाढिदैं छौँ त्यति नै पाश्चात्य संसार भने संस्कृत वाङ्मयको खोजमा एकाग्र भएर लागेको छ ।

संस्कृतका केही रोचक तथ्यहरु पाठकहरुलाई उपयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ –

संस्कृत सबै भाषाहरूको जननी भाषा हो भन्ने बिषयमाथि कुनै विवाद र वहसको आवश्यकता परेन । संस्कृत हिमवत्खण्डको आधिकारिक भाषा हो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हो । नासासँग संस्कृत भाषामा लेखिएका ६० हजारभन्दा बढी ताडपत्रका पाण्डुलिपीहरू छन् जसमाथि नासा अनुसन्धान गरिरहेको छ ।

संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरूमध्ये सबैभन्दा बढी शब्दहरू छन् र वर्तमानमा संस्कृत भाषाको शब्दकोशमा १०२ अरब ७८ करोड ५० लाख शब्दहरू छन् ।

संस्कृत कुनै पनि विषयका लागि एउटा विशाल भण्डार हो जस्तो कि एउटै हात्तीका लागि संस्कृतमा १०० भन्दा ज्यादा शब्दहरू छन् ।

फोब्र्स म्यागेजिनले जुलाई १९८७ को अंकमा संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेको थियो । अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ ।

संस्कृत मात्रै एउटा यस्तो भाषा हो जुन भाषा बोल्दा जिब्राका सबै मांशपेशीहरूको उपयोग हुन्छ । स्पीच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयोगी भाषा हो ।

अहिले पनि भारतको कर्नाटकको मुत्तुर गाउँका मानिसहरू संस्कृतमा नै बातचित गर्दछन् ।

भारतबाट प्रकाशित पत्रिका सुधर्मा संस्कृतको पहिलो अखबार हो, जुन सन् १९७० देखि प्रकाशित भएको हो भने अहिले यसको अनलाइन संस्करण पनि सुचारू भइसकेको छ ।

नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलाई सन्देश पठाउँदा अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थको अनर्थ लाग्ने तर संस्कृतको भने वाक्य उल्टे पनि अर्थ नबदलिने विशेषता रहेको छ । आश्चर्यको कुरा त के छ भने कम्प्युटरबाट गणितको हल गर्ने विधि Algorithms संस्कृतमा बनेको छ, अंग्रेजीमा होइन ।

नासाका वैज्ञानिकहरूले बनाउन लागेको 6th र 7th Generations super computers संस्कृत भाषामा तयार भएर सन् २०३४ सम्म बजारमा आइपुग्ने दाबी गरिएको छ । जर्मनीका १४ विश्वविद्यालयहरूमा संस्कृत भाषा पढाइन्छ ।

संस्कृतले दिमागलाई तेज बनाउनाका साथै स्मरणशक्ति बढाउँछ । त्यसैले लन्डन र आयरल्याण्डका विद्यालयहरूमा संस्कृत अनिवार्य विषयका रूपमा पढाइन्छ ।

हाल संसारका १७ भन्दा बढी देशहरूमा कम से कम एउटा न एउटा युनिभर्सिटीमा संस्कृत प्राविधिक शिक्षाका रूपमा पढाइन्छ । (एजेन्सी)