बुटवल उद्योग वाणिज्य संंघले दशै सस्तो बजार आयोजना गर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुटवल उद्योग वाणिज्य संंघले दशै सस्तो बजार आयोजना गर्ने



 

बुटवल, भदौ २२-

बुटवल उद्योग वाणिज्य संंघले यस बर्ष पनि दशैका अवसरमा दशै सस्तो बजार आयोजना गर्ने भएको छ ।

संघका पदाधिकारी तथा उपलब्ध सदस्यहरुको  संघ सचिवालयमा सम्पन्न बैठकले असोज ५ गतेदेखि ९ गतेसम्म संघ सचिवालय परिषरमा दशै सस्तो बजार सञ्चालन गर्ने निणर्य गरेको हो ।
संंघले बजार व्यवस्थापन र तयारीका लागि कार्यसमिति सदस्य बिमलराज भट्टराइको संयोजकत्वमा दशै बजार व्यवस्थापन समिति गठन गरेको छ ।
दशै बजारमा दैनिक उपभोग्य वस्तु नुन, तेल ध्युु, दाल, चामल सहित माछा मासु, जुत्ता चप्पल कपडा लगायतका ४० स्टल रहने र नया नोट सटहीको व्यवस्था गरीने संयोजक भट्टराइले जानकारी दिनुभयो ।