ससुरालीबाट गायब भए पुनर्वास दशरथ बस्तीका तेजबहादुर विष्ट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ससुरालीबाट गायब भए पुनर्वास दशरथ बस्तीका तेजबहादुर विष्ट



‘देखे खबर गरिदिन परिवारको आग्रह’

पुर्नवास,कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका-२ दशरथ बस्तीका तेजबहादुर विष्ट आफ्नो ससुरालीबाट गायब भएका छन ।

कैलाली जिल्ला ,गोदावरी -११ ओलेनि स्थित ससुराली घरबाट गत असार ७ गते शुक्रबार बेलुकी एकैछिनमा आउँछु है भनेर आफ्नो सेतो रंगको २०० सिसिको पल्सर (म २ प ७४७७) मोटरसाइकल लिएर निस्केका थिए । तर आजसम्म परिवारको सम्पर्कमा नआएका कारण परिवार शोकाकुल बनेको छ ।

उनको उमेर पच्चीस बर्ष भएको र उचाई ५’६”भएको उनका भाइ वीरबहादुर विष्टले बताएका छन । उनलाई कसैले देखे वा उनको बारेमा जानकारी प्राप्त भए नजिकैको प्रहरी चौकि वा मोबाईल नम्बर 9809413244 मा सम्पर्क गरिदिन उहाँको परिवारले अनुरोध गरेको छ ।