सात दलको बैठक बोलाइयो, मन्त्रीको टुंगो लगाइँदै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सात दलको बैठक बोलाइयो, मन्त्रीको टुंगो लगाइँदै



काठमाडौं । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सात राजनीतिक दलका शीर्ष नेताको बैठक बोलाइएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले दिएको जानकारीअनुसार अहिले बिहान ११ बजे बैठक बोलाइएको छ ।

बैठकमा मन्त्रीको शपथका बारेमा पनि कुराकानी हुने उनले जानकारी दिए ।