सात किलो चरेससहित कैलालीबाट चारजना पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सात किलो चरेससहित कैलालीबाट चारजना पक्राउ



कैलाली । कैलालीमा सात किलो चरेससहित चारजना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बाट सात किलो चरेससहित चारजनालाई बिहिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमलसिंह ठगुन्नाको कोठाबाट चरेससहित चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा दार्चुलाको मार्मा गाउँपालिका–१ घर भई डेरा गरी बस्ने ठगुन्नासहित वकिलसिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्ना रहेका छन् । पक्राउ परेकाहरुसंग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।