मन्त्रालय बाँडफाँट हुँदै, बालुवाटारमा गठबन्धनको बैठक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रालय बाँडफाँट हुँदै, बालुवाटारमा गठबन्धनको बैठक



काठमाडौं- सत्ता गठबन्धनमा रहेका मुख्य चार दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत माजवादी र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् । बैठकमा माओवादीका तर्फबाट उपमहासचिव शक्ति बस्नेत, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र जसपाबाट नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

यसअघि बुधबार मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन चारै दलका शीर्ष नेताबीच छलफल भएको थियो । बुधबार साँझ बालुवाटारमा बसेका उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयले सैद्धान्तिक रुपले प्रवेश पाएपनि सहमति हुन सकेको थिएन ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल भएको जानकारी दिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासका मत दिएका दलहरुमध्ये कसले कति र कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा छलफल अहिले छलफल चलिरहेको बताइएको छ ।