सत्य- स्वरूप अस्ट्रेलियामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सत्य- स्वरूप अस्ट्रेलियामा



हिमाल पोस्ट /चैत्र २५ 

चर्चित गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यले अस्ट्रेलियाका संगीतपारखी माझ आफ्नो प्रस्तुति दिन स-परिवार अस्ट्रेलिया आई पुगेका छन् ।  बिहीबार अप्रिल ६ तारिकमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलियाको आयोजनामा एडीलेड आई पुगेका गायकद्वय सत्य स्वरूपले अप्रिल १५ तारिकको दिन डार्बिनबाट अस्ट्रेलियाको साङ्गीतिक यात्रा सुरु गर्दै छन् । २२ तारिक एडीलेद हुँदै मेलबर्नमा २८ र ब्रिसबेनमा ३० अप्रिल कार्यक्रम तय भनेको छ भने सिड्नी ६ मे र १३ मेमा पर्थमा अन्तिम कार्यक्रम हुने ईनासका गोलोबल महासचिव राम चन्द्र थापाले बताए ।

सत्य स्वरूप आचार्य नेपाली सुगम सङ्गीत क्षेत्रको परिचित नाम हो। नेपाली समाजमा अक्सर दाजुभाइ हुर्कदैं गएपछि एक आपसमा मनमुटाव सुरु भएको देखिन्छ।अंशवण्ड देखि कसले बढी नाम दाम कमाउने भन्ने प्रतिस्पर्धा सँगैको कलह घर घरमा भेटिने गर्छ । यही समाज त्यसमा पनि सिङ्गो नेपाल र देश विदेशमा पनि इज्जतले लिईने दुई दाजुभाइको नाम हो सत्यराज आचार्य र स्वरूप राज आचार्य । जसले नेपाली सङ्गीत क्षेत्रलाई मात्र होइन समाजलाई नै बलियो सकारात्मक उदाहरण पेस गर्दै आएका छन् । आज यही उदाहरण स्वरूप दर्शक श्रोताले उनीहरूलाई सत्य स्वरूप नामले चिन्ने गर्छन् ।

भजनशिरोमणी भक्तराज आचार्यको जीवनमा घटेको अप्रत्यासीत दुर्घटनाको उनको आवाज लिएर गयो । सानै उमेरका छोराहरू, श्रीमती र आफ्नो अवस्थाले त्यो समय भक्तराज आचार्यमाथी सही नसाध्यको दुखको पहाड खसेको थियो । त्यो समय स्वयम् भक्तराजलाई पनि लागेको थिएन होला मेरा दुईवटै छोराले सङ्गीतमा लागेर मेरो नामलाई उचो राख्नेछन् । किनकि जुन समय भक्तराज सङ्गीत क्षेत्रमा सक्रिय र सफल गायक तथा संंगीतकार थिए उनले आफ्ना दुईवटै छोरालाई घरमा पनि सङ्गीत सिकाएका थिएनन्।

आफू सङ्गीत साधनामा बस्दा र सङ्गीत क्षेत्रका साथीभाई घरमा उनलाई भेट्न आउँदा पनि छोराहरुलाई त्यो माहौलमा समावेश गराएका थिएनन् अर्थात् उनी सङ्गीतलाई यति आदर गर्थे कि आफ्नो प्रोफेसनमा परिवारले समेत डिस्टर्व गरेको मन पराउँथेन् । त्यो हुँदा सत्य स्वरूप बुवाले हार्मोनियम बजाएर रियाजमा बसेको समय कहिल्यै चकचके बच्चा बनेनन् । अनुशासित संस्कार उनिहरुकी आमा शुशिला आचार्यबाट पनि सिके सत्य स्वरूपले । बुवाले गरेको सङ्गीत साधना पर बसेर लुकेर हेर्थे यी दुई दाजुभाइ ।

बुवाको दुर्घटनाको दिन सम्झँदा आज पनि सत्य स्वरूप भावुक बन्ने गर्छन्। कति अन्तरवार्ताका प्रसङ्गमा त सत्यराजले आक्रोश पनि पोख्ने गर्छन् । आफ्नो बुवाको दुर्घटना नियोजित थियो भनेर । त्यो घटनापछि सुरु भयो यी कलिला दाजुभाइको सङ्गीत यात्रा । सङ्गीतमा लागेका अहिलेका पुस्ता जो पुराना संगीतकर्मीका सन्तान छन् उनिहरुमाथी ठुलो चुनौती छ । राम्रो गाउँदा फलानाको सन्तान भएर यत्तिको त गाउनै पर्‍यो नि भन्ने र नराम्रो गाउँदा त झन् यति ठुलो संगीतकर्मीका सन्तान भएर यस्तो पनि गाउने हो भन्ने आलोचना । तर सत्य स्वरूपले आलोचकहरुलाई कहिल्यै त्यो अवसर दिएनन् जसले गर्दा भजनशिरोमणी भक्तराज आचार्यको नाममा ठेश पुगोस् ।

समयले एउटा कोल्टे फेरिसकेको छ, हिजो पिताकै लयमा हिंडेका ती फुच्चे केटाहरू आफैँ पनि छोराका बाबु बनिसकेका छन् । उमेरको खासै अन्तर नभएका सत्य स्वरूप देश विदेशका कार्यक्रम देखी, सङ्गीत सँग जोडिएका सङ्घ संस्था र मिडियाका अन्तरवार्ताहरुमा पनि प्राय सँगै देखिन्छन ।

अमेरिका, अस्ट्रेलिया, साउथ कोरिया, जापान, डेनमार्क, नेदरल्याण्ड,हगंकगं, भुटान, बङ्गलादेश लगायक थुप्रै देशहरुममा आफ्नो प्रस्तुति दिईसकेका यी दाजुभाइले आफैँ प्रोडुसर रहेर कान्तिपुर टेलिभिजनबाट कल सत्य स्वरूप सो देखी कार्यक्रम निर्माता तथा प्रजेण्टर नेपाल भरका एफएम लक्षित ग्रीन प्रोडक्सन हाउसबाट सङ्गीत नामक कार्यक्रमममा पनि पनि प्रोडुसर र प्रेजेन्टर भएर काम गरे ।

बुवाकै अनुहार र गुणहरू भएका सत्यराजले भक्तराज आचार्यको जीवनीमाथी बनेको चलचित्र भक्तराज र सङ्गीत सँग सम्बन्धित चलचित्र कर्कषमा समेत मुख्य भूमिकामा रहेर अभिनय गरेका छन् भने म्युजिक भिडियोहरुमा पनि उनी छाएका छन् । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान, सत्य स्वरूप ईटरटेन्टमेन्ट,प्रस्तोता समाज नेपाल सङ्गीतकार सङ्घ ,रोयल्टी सङ्कलन समाज लगायतका संगीतसंग जोडिएका संस्थाहरूमा सक्रिय रूपमा आबद्ध रहेका सत्य स्वरूपका प्रशंशकहरु देख्दा यस्तो लाग्छ मेहनत र साधनाबाट सङ्गीतमा प्रवेश गरेकाहरुका लागि साङ्गीतिक क्षेत्र सुरक्षित छ ।