साउदी राजकुमारले लिए पत्रकार हत्याको जिम्मेवारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

साउदी राजकुमारले लिए पत्रकार हत्याको जिम्मेवारी



एजेन्सी : साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् ।

आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन् । मोहम्मद बिन सलमानले यो कुरा सार्वजनिक रुपमा घोषणा भने गरेका छैनन् ।

साउदी अधिकारीले उक्त घटनामा सलमानको भूमिका नरहेको बताउँदैआएका छन् । पत्रकार मार्टिन स्मिथले सार्वजनिक गर्न लागेको दस्तावेजमा यस्तो खुलासा भएको हो । गत वर्ष भएको खसोग्गीको हत्यालाई संसारभर चासोका साथ हेरिएको छ ।