साउथ ह्याम्पटनलाई चेल्सीले ३–२ ले हरायो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

साउथ ह्याम्पटनलाई चेल्सीले ३–२ ले हरायो



काठमाडौं, –  इंलिस प्रिमियर लिगअन्तरगत  शनिबार भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनमाथि ३–२ को जीत निकालेको छ ।
डुसान टाडिच र जान बेडनारेकले गोल गरेपछि पराजयतर्फ उत्मुख चेल्सी ओलिभर जिरुड  दोस्रो हाफमा मैदान प्रवेश गरेपछि लयमा फर्कियो ।

खेलको ७० औँ मिनेटमा जिरुडले चेल्सीको लागि गोल गरे भने त्यसको पाँच मिनेटपछि इडेनले अर्को गोल गरे । यस्तै  ७८ औ मिनेटमा जिरुडले चेल्सीका लागि विजयी गोल गरे ।

जीत सँगै  चेल्सीको ३३ खेलबाट ६०अंक रहेको छ भने  लिगको पाँचौ स्थानमा रहेको छ  ।