सामाजिक विकास मन्त्रालयद्धारा सेभ हाउसलाई सहयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सामाजिक विकास मन्त्रालयद्धारा सेभ हाउसलाई सहयोग



कैलाली । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ ।

गोदावरी नगरपालिका -२ अत्तरियामा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई पालनपोषण गर्दै आइरहेको सेभ हाउसलाई खाद्यान्न , लत्ताकपडा र शैक्षिक सामाग्रीहरु बुधबार सहयोग गरेको हो ।

सेभ हाउसकी अध्यक्ष जानकी मलासीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी प्रमुख अथिती रहेका थिए । मन्त्री सुवेदीले सबै बालबालिकाहरुका लागि न्यानो लुगा , चामल , दाल, पिठो ,तेल लगाएतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सामाग्री हस्तान्तरण पछि बोल्दै सामाजिक विकासमन्त्री सुबेदीले सुदुरपश्चिम प्रदेशभरि रहेका कुनै पनि बालबालिकाहरु भोको नहुन ,सबैले स्वास्थ्य , शिक्षा , लुगाफाटो लगाएतका आधारभुत आवश्यकता पाउन भन्ने प्रदेश सरकारको चाहाना रहेको बताए ।

कार्यक्रममा बोल्दै सेभ हाउसकी संचालिका जानकी मलासीले आफुले थुप्रै दुख कष्ट गरेर सेभ हाउसमा रहेका महिला तथा बालबालिकाहरुको संरक्षण गरिरहेको बताउदै सहयोगका लागि सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयलाई धन्यवाद व्यक्त गरिन । उनले २०७३ सालमा २ जना अथान बालबालिकावाट सुरु गरेको सेभ हाउसमा अहिले ३० जना बालबालिका र २ जना महिला रहेको जानकारी दिइन ।