प्युठानमा १ हजार ८ सय ५० सवारी कार्बाही - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्युठानमा १ हजार ८ सय ५० सवारी कार्बाही



प्यूठान : प्युठानमा चार महिनाको अबधिमा १ हजार ८ सय ५० सवारी साधन कारबाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले बताएको छ।ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीहरुलाई कारबाहि गरीएको हो।

कार्बाहीबाट आर्थिक बर्ष २०७४÷७५को साउन १ देखि कार्तिक ३० गते सम्ममा १० लाख ९७ हजार ५ सय रुपैयां राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानका प्रमुख छबिलाल ढकालले बताउनुभयो । ढकालका अनुसार प्यूठानमा दैनिक सरदर २० देखि २२ वटा सवारी साधनका चालकहरु कार्वाहीमा पर्ने गरेका छन् । ट्राफिक नियमलाई उलंघन गरि सवारी चलाउनेहरुबाट दैनिक सरदर ११ हजार राजस्व संकलन हुने गरेको छ ।

जिल्लामा ४ महिनाको अवधिमा १ सय १४ वटा वस, ११० वटा ट्रक कारवाहीमा परेका छन भने ३१८ जीप,कार भ्यान, १ हजार १ सय ८०बटा मोटरसाइकल, १०४ वटा ट्रयाक्टर र ३४ वटा अन्य सवारी गरी १ हजार ८ सय ५० सवारी साधन कारवाहीमा परेको छन ।

सवारी चेक जाचका क्रममा लाईसेन्स नभएरै चलाएकालाई एक हजार, भएर पनि नबोक्नेलाई ५ सय देखी १५ सय सम्म र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवाना गरिएको ट्राफिक प्रहरी नायब निगरिक्षक ढकालले जानकारी दिनुभयो ।

प्रहरीले ट्राफिक नियम पालनाले सम्भाबित दुर्घटनाबाट बच्न सकिने र यात्रा सुरक्षित हुने भन्दै चालकहरुलाई सम्झाउने समेत गर्दै आएको छ। सवारी जाँचका क्रममा अधिकांश चालकहरुले लापर्बाही गरि आबस्यक कागजात नबोक्ने र मादक पदार्थ सेवन गर्ने गरेको पाईएको प्रहरीको भनाई छ ।