नेपाल एसबीआई बैंकको लाभांश कति ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल एसबीआई बैंकको लाभांश कति ?



काठमाडौं : नेपाल एसबीआई बैंकले लाभांश को घोषणा गरेको छ । घोषणा अनुसार १६.८४% लाभांश दिने भनिएको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र १०.८४% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्म बैंकले २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ २६ पैसा (बार्षिक) रहेको एसबीआइको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ८९ पैसा छ ।