लो विद्यालयमा सिकाउनु पर्छ नानीलाई यस्ता बानी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लो विद्यालयमा सिकाउनु पर्छ नानीलाई यस्ता बानी



५ असोज –साना-साना नानीहरुको कोमल दिमागले केहि कार्यहरुको देखा-सिखी छिटै सिक्ने भएकाले स्कुलमा उनीहरुको राम्रो बानीको निर्देशन भएन भने पछिसम्म समस्या आउने तथा नराम्रो बानी लाग्ने डर हुन सक्छ । त्यसकारण स्कुलमा आफ्ना सन्तानले राम्रो बानी सिकुन भन्ने सबैको चाहना हुने गर्छ । यस्ता बानीहरु स्कुलमा सानैदेखि सिकाउने सके, पछि गएर नानीहरूमा राम्रो आचरण बस्नेछ ।

हिम्मत राख्न सिकाउने
गल्ती वा विफलतामा मानिसहरू आफूलाई कमजोर ठानेर हिम्मत तोड्छन् । यो खराब बानी हो । बच्चाहरूलाई अघि बढिरहनका लागि प्रेरित गर्नुपर्छ ।

गल्ती राम्रो कुरा हो यसबाट डराएर भाग्नु हुदैन
गल्ती र विफलताबाट डराउनुहुँदैन भन्ने शिक्षा स्कूलले दिनुपर्छ । डराउने मानिसले कहिल्यै सिक्दैन । गल्तीबाटै सिकिने हो । जस्तो, साइकल चलाउन सिक्दा शुरुमा लडिन्छ । अब लडिन्छ भनेर साइकलै नचलाउने हो भने कहिल्यै सिकिन्न । फेरि फेरि कोशिश गर्नुपर्छ ।

काम विभाजन गर्न सिकाउने
दिनदिनै एकैखाले काम गर्दा मानिस बोर हुनसक्छ र तनाव आउँछ । विद्यालयले बच्चाहरूलाई सही व्यवस्थापन गर्न सिकाउनुपर्छ । जस्तै, कहिले डेस्क सफा गर्ने, कहिले खाने, कहिले कल गर्ने, कहिले शपिङ लिस्ट बनाउने सिकाउनुपर्छ ।

समयको उपयोग गर्ने
समयको राम्रो उपयोग गर्ने सर्वोत्तम तरिका हो यो । यस नियमअन्तर्गत तपाईंले गरेको ८० प्रतिशत कार्यको २० प्रतिशत राम्रो परिणाम प्राप्त हुन्छ । धेर काम गरेर धेरै परिणाम आउने हैन, दिनभरि गरिएका केही कामबाट नै धेरै राम्रो परिणाम आउँछ भन्ने शिक्षा यसबाट पाइन्छ ।

धेर्य राख्ने
तपाईं कुनै पनि काम छिटो सक्छु भन्नेतिर नलाग्नुस् । कुनै पनि काम राम्रोसँग गर्नका लागि समय चाहिन्छ । जस्तो, तपाईं फलानो काम एक हप्तामा सक्छु भन्नुहुन्छ भने एक दिन चाहिँ त्यसका लागि मजाले छुट्ट्याउनुस् । नत्र समस्या झनै अल्झिएर जान्छ ।

एजेन्सीको सहयोग