एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी सजिलै हेर्नुहोस् आफ्नो नतिजा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी सजिलै हेर्नुहोस् आफ्नो नतिजा



काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भोलि सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिकको निर्णय गर्न बोर्ड बैठक बोलाइएको छ ।

बोर्डको बैठक बसेपछि भोलि नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए । बोर्डका अध्यक्ष महाश्रम शर्माले पनि भोलि नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

यसरी हेर्नुहोस् ?