भारतसँग सीमामा तनाव भएकै बेला चीनले ल्यायो नयाँ सीमा सुरक्षा कानुन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतसँग सीमामा तनाव भएकै बेला चीनले ल्यायो नयाँ सीमा सुरक्षा कानुन



बेइजिङ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले सीमा सुरक्षा मजबुत पार्ने कानुन पारित गरेको छ ।

नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले शनिबार पारित गरेको ‘ल्यान्ड बोर्डर्स ल’ ले गैर कानुनी रूपमा चीनको सीमा पार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार प्रयोग गर्न अनुमति दिएको छ । यस कानुनले सीमा क्षेत्र नजिक ड्रोन उडाउन पनि निषेध गरेको छ ।

सो कानुन अनुसार चीनले सीमाको आफ्नो तर्फको क्षेत्रमा यातायात, संचार र रक्षासङ्ग सम्बन्धित पूर्वाधार निर्माण गर्न सक्नेछ । बिना स्वीकृति कुनै पनि संगठन या व्यक्तिले स्थायी संरचना बनाउन पाउने छैनन् ।

तर, सो कानुनले कुनकुन सीमा क्षेत्र चीनको भूमी हो भनी किटान गरेको छैन ।

विवादित सीमा क्षेत्रमा चीन र भारतले सडक एवं सैन्य सुविधाको निर्माणलाई लिएर गत वर्षको जुनमा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको घातक मुठभेडपछी दुई देशबीच उत्पन्न गतिरोध लामो समयदेखी कायमै छ ।

हालै सम्पन्न सैनिक स्तरीय सीमा वार्ता पनि विवाद समाधान गर्न सफल भएन । दुवै देशले सीमा क्षेत्रमा सैन्य उपस्थिति कायमै राखेका छन् । यसै सन्दर्भमा यो विधेयक आएको हो ।