माधव नेपालले भने: सीमा विवादको विषयमा देउवाको कुरा सहि छ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

माधव नेपालले भने: सीमा विवादको विषयमा देउवाको कुरा सहि छ



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ट नेता माधव कुमार नेपालले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको प्रसंशा गरेका छन । त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भेट भएका नेताहरूबीच लामो कुराकानी भएको जनाइएको छ ।

शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको विशिष्ठ कक्षमा नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र प्रदीप पौडेलबीच भेट भएको जनाइएको छ ।

भेटका क्रममा देशको अहिलेको अवस्था र कालापानी, लिपुलेकको बारेमा कुरा भएको थियो । यहि प्रसङ्गमा नेता नेपालले सिमा विवादको विषयमा देउवाले लिएको अडान र चालेका कदमको बारेमा प्रसंशा गरेका थिए ।

देउवाले केहिदिन अगाडी पोखरामा सभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओली सँग सल्लाह गरेरै सीमा मिचेको र नक्सामा नेपाली भूभाग समेटेको बताएका थिए ।

नेता नेपालले यसै विषयलाई संकेत गर्दै घुमाउरो पारामा देउवाले सीमाको विषयमा बोलेको कुरा सहि भएको जनाएका थिए ।

राजनीतिक शिलशिलामा नेता नेपाल सिमरा, सभापति देउवा र केन्द्रीय सदस्य पौडेल नवलपरासी, सिंह विराटनगर जाँदै थिए । वेटिङमा रहँदा पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालबीच कुराकानी भएको हो ।

कुराकानीको क्रममा देउवाले जवाफ फर्काउँदै नेपाललाई भने, ‘मैले सीमाविवाद हल गर्नका लागि केके काम गरें भन्ने त डकुमेन्ट नै छ नि !’