कस्को सेल्फीले जित्ला त पुरस्कार ? - ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कस्को सेल्फीले जित्ला त पुरस्कार ? – ‘सेल्फी फोटो कन्टेस्ट २०१७’



काठमाडौं, ११ बैसाख

 

एक्टर नेपाल नेटकर्व प्रा.लि.ले सेल्फी फोटोमा रमाउने युवा पुस्तालाई लक्षित गरेर सामाजिक सञ्जालमा ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ आयोजना गरेको छ । यस प्रतियोगीताको विजेता आगामी जेठ १५ गते घोषणा हुने छ ।

प्रतियोगीले पठाएको सेल्फी फोटो ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ को अफिसियल फेसबुक पेजमा राखिने छ जसको लाईक, कमेन्ट र सेयर बढि हुन्छ उसलाई विजेता घोषणा गरेर आर्कषक पुरस्कारका साथमा गिफ्ट दिइने आयोजक संस्थाले जनाएको छ ।

यो प्रतियोगितामा विश्वमा रहेका नेपालीहरुले जुनसुकै मोवाइलबाट सेल्फी फोटो खिचेर ‘सेल्फी फोटो कन्टेस्ट २०१७’ फेसबुक पेजमा समेत पठाउने सकिने छ । फोटोमा लाईक गर्दा अनिवार्य रुपमा पेजमा पनि लाईक गर्नु आयोजक संस्थाले जनाएको छ ।