लक्षण नदेखिएको भन्दै घोडाघोडीका संक्रमितलाई सेती अस्पतालले फर्कायो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लक्षण नदेखिएको भन्दै घोडाघोडीका संक्रमितलाई सेती अस्पतालले फर्कायो



विशाल पाण्डेय/कैलाली

कैलालीको घोडाघोडी नगरपालिका -११ का ३२ वर्षिय पुरुषमा बिहिवार कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित पुरुषलाई थप उपचारका लागि शुक्रबार सेती प्रादेशिक अस्पतालबाट धनगढी लगिएपनी अस्पताल भर्ना नगरी फर्काइएको छ ।

संक्रमित पुरुषलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनलाई भर्ना नगरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले हिमाल पोस्टलाई बताए ।

पिसिआर रिपोर्ट पोजेटिभ देखिएपनी लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको हुँदा संक्रमित पुरुषको स्वास्थ अवस्था ठिक हुनाले डाक्टरहरुले काउन्सेलिङ गरि फिर्ता पठाइएको सुचना अधिकारी श्रेष्ठले बताए ।

घोडाघोडी नगरपालिकाका स्वास्थ शाखा संयोजक कैलाश कुमार रावतले आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपनी स्वास्थमा केहिपनी समस्या देखा नपरेपछि फर्काएर घोडाघोडी क्याम्पसमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखिएको बताए ।

उनले नयाँ निर्देशिका अनुसार स्वास्थमा समस्या नभएको र होम आइसोलेसनमा बस्नुपर्ने निर्देशिका जारी भएपछि नगरपालिकाले आइसोलेसन तयार गरि राखेको बताए । उनले पिसिआर रिपोर्ट पोजेटिभ देखिएपनी स्वास्थमा समस्या नभएपछि १४ दिन पछि घर पठाउन मिल्ने बताए । उनले करिब २० जनालाई राख्न मिल्ने गरि आइसोलेसन तयार गरेको बताए ।

यो संगै सेती अस्पतालमा उपचारका क्रममा रहेका ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका-१ का २० बर्षीय र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका- २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।