कोरोना महामारी: सहरमा सबैभन्दा जोखिम छ- डा. रवीन्द्र पाण्डे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कोरोना महामारी: सहरमा सबैभन्दा जोखिम छ- डा. रवीन्द्र पाण्डे



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

..
भारतमा कोरोना संक्रमण बढिरहेको छ । अहिलेसम्म ४२ हजार ६ सात ७० जना संक्रमित देखिएका छन् भने १३९५ जनाको मृत्यु भएको छ । भारतमा जनसंख्या धेरै भएको महाराष्ट्र ( मुम्बई ) मा मात्र १२९७४ जना संक्रमित भएका छन् भने ५५८ जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा मात्र १ लाक ७४ हजार संक्रमित भएका छन् भने १३५३८ जनाको मृत्यु भएको छ ।
..
यसबाट थाहा हुन्छ कि जनसंख्या धेरै भएका ठाउँ जोखिमयुक्त छन् । नेपालमा सहरी क्षेत्र पनि जोखिममुक्त छैनन् । अहिले संक्रमित क्षेत्रबाट हजारौ व्यक्तिहरु नागढुंगा, फर्पिंग, साँगा, साँखु, टोखा, ककनी, सितापाइला आदि नाकाबाट निर्बाध भित्रिरहेका छन् । त्यस्तै पोखरा, बुटवल, बिराटनगर, नेपालगंज, धनगढी आदि सहरमा पनि भित्रिने संख्या बढिरहेको छ ।

यसबाट थाहा हुन्छ, लकडाउन भयङ्कर उल्लङ्घन भइरहेको छ । ती आगन्तुकको लागि अनिबार्य क्वारेन्टाइनको व्यवस्था गरिएको छैन । यस्तै हो भने सहरी क्षेत्रमा कोरोना संक्रमण ब्यापक बढ्न सक्ने अनुमान गर्न गाह्रो छैन ।
..
अर्को कुरा कोरोना परिक्षणको दायरा अत्यन्तै साँगुरो छ । हाम्रो देशमा करिब १४ हजार व्यक्तिको मात्र PCR टेस्ट गरिएको छ । जबकी हाम्रो जस्तो देश भियतनाममा १ लाख ६१ हजार टेस्ट गरिएको छ । भियतनाममा २७१ जना संक्रमित छन् भने १ जनाको पनि मृत्यु भएको छैन ।
..
हामीले यो कुरा बुझ्नु पर्छ कि नेपालको सिमाना जोडिएका भारतका प्रदेशमा कोरोना संक्रमण अहिलेसम्म कम छ । जस्तै बिहारमा ५२३ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ९६३ जना संक्रमित भएका छन् भने ५० जनाको मृत्यु भएको छ । त्यस्तै उत्तर प्रदेशमा २६४५ जना संक्रमित भएका छन् भने ४३ जनाको निधन भएको छ । उत्तराखण्डमा ६० जना संक्रमित भएका छन् भने एक जनाको पनि मृत्यु भएको छैन ।
..
यो तथ्यांकबाट के थाहा हुन्छ भने हाम्रा सिमानामा संक्रमण थोरै छ । तसर्थ हामी सुरक्षित रहेका छौं । यदि यी ४ प्रदेशमा संक्रमण तीब्र भयो भने नेपाल जोखिममा पर्नेछ । तसर्थ सरकारले सिमालाई १०० % शिल गर्नु जरुरी छ । अनि मात्र हामी सुरक्षित हुन सक्छौं ।