ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट चुनाव लड्ने घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट चुनाव लड्ने घोषणा



काठमाडौं- चर्चीत अभियन्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

प्रवक्ता शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्नेबारे सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणा गरेका हुन् ।

जुम्ला शाहीको गृहजिल्ला पनि हो । उनले आफूलाई देशका अन्य विभिन्न जिल्लाबाट चुनाव लड्न सुझाव आएपनि आफूले जुम्ला रोजेको बताएका छन् ।

नेता शाहीले आफूलाई जुम्लामा राप्रपा कमजोर रहेकोबारे अवगत रहेको पनि जिल्लावासीले आफूलाई जिताउने उनको विश्वास रहेको बताए ।