ज्ञानेन्द्र शाहीमाथि सामुहिक आक्रमण: केहि पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ज्ञानेन्द्र शाहीमाथि सामुहिक आक्रमण: केहि पक्राउ



काठमाडौँ। सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । गएराति ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आक्रमण भएको हो ।

आक्रमणमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले दुई समूहबीचको आक्रमण भएको बताएको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरीले बताएको छ ।

शाहीले सामाजिक सन्जालमा भिडियो पोष्ट गरेका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

शाहीले समाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै लेखेका छन्,‘आफ्नो ज्यानको नै माया मारी कोभिडबाट लाखौँँ नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्यान बचाउन सकिएन सतिले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन । मध्यरात सुर्खेतमा हामी माथि ज्यान मार्ने हमला भो ।’