'अन्डरवेयर'को कुरा गर्दै लजाए शाहरुख खान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘अन्डरवेयर’को कुरा गर्दै लजाए शाहरुख खान



एजेन्सी- बलिउउका बादशाह शाहरुख खानले अनलाइनबाट अन्डरवेयर खरिद गर्दा आफूलाई असहज हुने बताएका छन् । अन्डरवेयर अर्डर गर्दा अन्य पुरुषले आफूले पनि लाज मान्ने खानको भनाइ छ ।

शाहरुखले अनलाडनबाट अन्डरवेयर अर्डर गर्दा असहज हुने भन्दै यस्तो बताएका हुन् । ‘मैले आफ्ना सबै किताब अमेजनबाट किन्छु, किरानाका सामान बिग बास्केटबाट खरिद गर्छु’, उनले भने, ‘तर एउटा कुरा स्वीकार गर्न चाहन्छु- मलाई अनलाइनबाट अन्डरवेयर खरिद गर्दा असहज (लाज) लाग्छ ।’

अनलाइन रिटेलर अमेजन ग्लोबनका सिईओ जेफ बेजोससँग कुराकानी गर्ने क्रममा शाहरुखले उक्त कुरा भनेका थिए । कुराकानीमा उनले अन्य केटा मान्छेलाई झैं आफूलाई पनि अनलाइनमा अन्डरवेयर किन्दा वा अर्डर गर्दा असहज हुने वा लाज लाग्ने बताएका थिए ।

त्यस्तै सुत्ने काम समयको बर्बादी भएको हुनाले आफूलाई सुत्ने काम मन नपर्ने समेत शाहरुखको भनाइ थियो ।

पछिल्लो समय फिल्ममा खासै नदेखिएका शाहरुखले अधिकांश समय आफ्नो परिवारका साथ बिताइरहेका छन् । सन् १०१८ मा रिलिज भएको ‘जीरो’ पछि हालसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् । गत वर्ष उनको एउटा पनि फिल्म रिलिज भएको थिएन ।

फिल्ममा देख्न चाहेका शाहरुखका फ्यानले उनलाई चाँडो नयाँ फिल्मको घोषणा गर्न भनेका छन् । सामाजिक सञ्जालमा #WeWantAnnouncement SRK कैयौं पटक ट्रेंडिङ भइसकेको छ ।

अझै पनि शाहरुखले फेरि हिट फिल्ममा खेल्ने/ल्याउने पर्खाइमा उनका फ्यान छन् ।

उनले ‘दीवाना’, ‘दिलवाले दुल्हनियां ले जाएंगे’, ‘डर’, ‘दिल तो पागल है’, ‘डॉन’, ‘कुछ कुछ होता है’, ‘रईस’, ‘देवदास’, ‘करण अर्जुन’, ‘माई नेम इज खान’, ‘कभी खुशी कभी गम’, ‘बाजीगर’, ‘ओम शांति ओम’, ‘परदेस’ र ‘चक दे इंडिया’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरिसकेका छन् ।

पछिल्लो समय शाहरु र सलमान खानले संजय लीला भंसालीको एक फिल्ममा एकसाथ काम गर्ने समाचार बाहिर आएको छ ।