शाहरुखले आफ्नो ४ तले अफिसलाई नै सुबिधा सम्पन्न अस्पताल बनाइदिए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शाहरुखले आफ्नो ४ तले अफिसलाई नै सुबिधा सम्पन्न अस्पताल बनाइदिए



एजेन्सी- भारतमा कोरोना संक्रमितको अवस्था भयाबह भएपछि अस्पतालहरूमा अटाउन छोडेका छन् । दैनिक ५० हजार भन्दा बढी संक्रमित भेटिन थालेको र त्यो मध्ये धेरैजसो लक्षणसहितका भएकाले अवस्था चिन्ताजनक बनेको छ ।

यस्तैमा बलिउडका किंङ खान भनेर चिनिने अभिनेता शाहरुख खानले आफ्नो कार्यालयलाई नै सुबिधा सम्पन्न आइसोलेसन सेन्टर बनाइदिएका छन् । उनले यसमा आइसियूको सुविधा भएको अस्पताल पनि बनाएका छन् ।

मुम्बईमा आफ्नो चार तले व्यक्तिगत अफिसलाई शाहरुखले आइसोलेसन सेन्टरमा परिवतर्न गरेका हुन् । त्यहाँ १५ बेडको आइसियू सेन्टर पनि उनले बनाएका छन् । अब त्यहाँ २४ घन्टा सबै मेडिकल सुविधा उपलब्ध हुने बताइएको छ ।

भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । लगातार कोरोनाभाइरस संक्रमित बढिसकेपछि त्यहाँ आइसोलेसन सेन्टरहरु पनि अब अभाव हुन थालेका छन् । भारतमा अस्पतालहरुमा पनि कोरोना संक्रमितको चाप निकै छ ।

पछिल्लो तथ्यांकअनुसार अब भारतमा कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ । यीमध्ये कम्तिमा पनि ४० प्रतिशत अझै सक्रिय संक्रमित छन् ।