नेकपाको शक्तिशाली विभागमा गौतम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेकपाको शक्तिशाली विभागमा गौतम



काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ । नेकपाको शक्तिशाली मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि गौतमलाई नै दिईएको हो ।

यो सँगै नेकपाको आन्तरिक समिकरणमा नयाँ ट्विस्ट भएको छ ।

 विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् । उपप्रमुखमा राम कार्की, अर्थ योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डे रहेका छन् । त्यस्तै नेकपाको लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले पाएका छन् ।

त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् ।  त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

यो सँगै नेकपाका ३३ वटै विभागिय प्रमुखहरुको नेतृत्व टुगिंएको छ ।