शंकर भण्डारी एमाले भन्दा दोब्बर मतले अगाडी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

शंकर भण्डारी एमाले भन्दा दोब्बर मतले अगाडी



तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

१६ सय ३७ मत गणना हुँदा कांग्रेसका शंकर भण्डारीले ७३६, एमालेका किरण गुरुङ ४१९, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु जोशीले २४२ मत पाएका छन् ।

तनहुँ २ मा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टीकासहित १० जना उम्मेदवार छन् ।

तनहुँ २ मा एक लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत (५४.६१ प्रतिशत) खसेको थियो ।

तनहुँ १ मा भने मतगणना सुरु भएको छैन । निर्वाचन कार्यालयले मतगणना थाल्ने तयारी गरिरहेको छ ।