गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज हुन्छ : शंकर पोखरेल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज हुन्छ : शंकर पोखरेल



काठमाण्डौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा नेकपा एमाले प्रतिस्पर्धा गर्न र विजय हासिँल गर्न सक्षम भएको दावी गरेका छन् ।

बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’

उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए ।

‘आम चुनावका बेला सत्ताको नेतृत्वविरुद्धको रुझान कायम रह्यो भने यो गठबन्धनका विरुद्ध चुनाव लडेर हामीलाई विजय हाँसिल गर्न सहज हुनेछ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसअर्थमा आउने निर्वाचन एमालेका पक्षको निर्वाचन हुनेछ भन्ने हाम्रो बुझाई र विश्लेषण छ’, पोखरेलले पार्टीको विश्लेषण सुनाए ।

उनले गठबन्धनको सफल भएको विषय एमालेलाई रोक्न बाहेक हरेक कुरामा असफल भएको बताए ।