शंकर पोखरेलका प्रियपात्र गुण्डा नाइके पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शंकर पोखरेलका प्रियपात्र गुण्डा नाइके पक्राउ



काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराएका एक गुण्डा नाइके काठमाडौँबाट स्पक्राउ परेका छन् । पोखरेलले एमाले प्रवेश गराएका दाङका गुण्डा नाइके विकास पुन काठमाडौँमा समातिएका हुन् ।


गुण्डाका रुपमा प्रख्यात विकास पुनले कैयौं ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ । ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पुनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उनीविरुद्ध खोलाजन्य पदार्थको काममा ५० लाख ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले प्रहरीमा उजुरी गरेको बताइएको छ । पटक-पटक ज्यान मार्ने उद्योगमा पक्राउ पर्दै छुट्दै आएका पुन एकताका प्रहरी इन्काउन्टरमा मारिएका चर्चित गुण्डा नाइके कुमार घैंटेनिकट मानिन्थे ।

उनलाई गत स्थानीय चुनावका बेला महासचिव पोखरेलले नै दलबलसहित एमालेमा प्रवेश गराएका थिए । दाङका एक नेताका अनुसार उनी महासचिव पोखरेलका सहयोगीका रूपमा काम गरिरहेका थिए ।