शंकर पोखरेलको आरोप- निर्वाचनमा सेटिङ मिलाएर नाङ्गो धाँधली भयो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शंकर पोखरेलको आरोप- निर्वाचनमा सेटिङ मिलाएर नाङ्गो धाँधली भयो



नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् ।

स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै यी दुई जिल्लामा मतगणना सुरु भएको छ ।