शान्ता चौधरी भन्छिन्- गठबन्धनको दाँतबाट पसिना निकाल्यौं, जित्ने कुरा थाह छैन - Himal Post Himal Post
  • ११ मंसिर २०७९, आईतवार
  •      Sun Nov 27 2022

शान्ता चौधरी भन्छिन्- गठबन्धनको दाँतबाट पसिना निकाल्यौं, जित्ने कुरा थाह छैन



नेकपा एमालेकी नेतृ शान्ता चौधरीले आफुले जित्ने नजित्ने टुङ्गो नभएको बताएकी छन् । उनले भोट गज्जब आएको तर गठबन्धनलाई जित्न लागिपरेको बताएकी छन् ।

नेतृ चौधरीले मतगणना स्थलमा आफ्ना प्रतिस्पर्धी नेकपा एसका नेता मेट चौधरीसँग फोटो राख्दै सामाजिक सञ्जालमा जितहार जे भएपनि आफु पछिपछि भएको बताएकी छन् ।

उनले गठबन्धन लाई आच्छु आच्छु पारेको भन्दै दाँतबाट पसिना आएको बताएकी छन् । उनले भनेकी छन्, ‘मतगणना स्थलमै छौँ, गठबन्धनको पछिपछि छौँ, गठबन्धनलाई आच्छु आच्छु पारेका छौँ है ! जितहार जे होला गठबन्धनको दाँतबाट पसिना निकाल्नेगरि भोट चाहि आकै छ है!’