गायिका शान्तीश्री परियार र तिलक परियारको स्वरमा “सगालैको बारीमा तोरी हरियो ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गायिका शान्तीश्री परियार र तिलक परियारको स्वरमा “सगालैको बारीमा तोरी हरियो ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १७ 

एक पछि अर्को उत्कृष्ट गीत तथा म्युजिक भिडियोहरू बजारमा ल्याउन सफल मालती डिजिटल प्रा.लीको प्रस्तुतिमा विराज उखिराको मध्यपश्चिमान्चलमा निक्कै नै लोकप्रिय टप्पा गीत “ सगालैको बारीमा तोरी हरियो ” सार्वजनिक भएको छ ।

लक्ष्मण अोलीको शब्द , विराज उखिरा र पूर्ण बहादुर के.सीको सङ्गीत साथै गायिका शान्तीश्री परियार र तिलक परियारको आवाज रहेको मौलिक टप्पा गीत ‘सगालैको बारीमा तोरी हरियो ” को भिडियो याम गुरुङको निर्देशनमा पी.एन सापकोटा र लक्ष्मी बोहोराको अभिनय,करन चौसिरको छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ ।गीतलाई मालती डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।