नक्कली भुटानी शरणार्थी प्रकरण अपडेट- के हुँदैछ मुद्दा ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नक्कली भुटानी शरणार्थी प्रकरण अपडेट- के हुँदैछ मुद्दा ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस हुनेछ ।

आइतबारबाट सरकारी वकिलको तर्फबाट न्यायधीवक्ता महेश खत्रीले बहस सुरु गरेका थिए । उनले यस प्रकरणमा ३० जनाविरुद्ध लगाइएको अभियोगमा तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरु दोषी देखिने भन्दै पूर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए ।

खत्रीको बहस सकिएसँगै अर्का सरकारी वकिल जनक घिमिरेले बहस सुरु गरेका थिए । घिमिरेले आज पनि बहस गर्नेछन् । घिमिरेको बहस सकिएपछि आज तीन सरकारी वकिलले बहस गर्नेछन् । न्यायाधीश न्यौपानेको इजलासले मंगलबारसम्म सरकारी वकिललाई बहस गर्ने समय तोकेको छ ।

सरकारी पक्षको बहस सकिएपछि जेठ ३० गतेसम्म पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले बहस गर्नेछन् । ३१ गते सरकारी वकिलको जवाफी बहस सकिएमा उक्त दिननै थुनछेक आदेश आउनेछ । आदेशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम असुली गरी ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जेठ १० गते मुद्दा दायर गरेको थियो । ३० अभियुक्तलाई ठगी, कीर्ते, राष्ट्रियहितविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ ।

अभियुक्त बनाइएका ३० मध्ये १८ जना पक्राउ परेका छन् । १२ अझै फरार छन् ।