विवादमा आएपछि अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने माओवादीको तयारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विवादमा आएपछि अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने माओवादीको तयारी



काठमाडौं- अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले फिर्ता बोलाउने तयारी गरेको छ । अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे माओवादीका शिर्ष नेताहारूले छलफल गरेको बताइएको छ ।

अर्थमन्त्रीको काम कारबाहीको विषयलाई लिएर माओवादीमा लामो बहस भएको पनि बताइएको छ । स्रोतका अनुसार अर्थमन्त्रीले अर्थ मन्त्रालय राम्ररी चलाउन नसकेको भन्दै विगत तीन चारदिनदेखि शर्मालाई फिर्ता बोलाउने सम्बन्धमा माओवादी केन्द्र भित्र व्यापक छलफल भइरहेको छ।

यसै सिलसिलामा अर्थमन्त्री शर्मा आइतबार र सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन खुमलटारस्थित उनको निवासमा पुगेका थिए। उनलाई फिर्ता बोलाउन भन्दै माओवादी नेताहरूले निरन्तर प्रचण्डलाइ दबाब दिएपछि छलफलका लागि प्रचण्डले शर्मालाई निवासमै बोलाएका थिए ।

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो ।

अर्थतन्त्र सङ्कटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसभित्र पनि आलोचना भइरहेको छ । यसअघि नै शर्मालाई हटाउने कोसिस भएको भए पनि बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको थियो ।