विश्वप्रकाशको नयाँ प्रस्ताव: उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सन गरौँ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वप्रकाशको नयाँ प्रस्ताव: उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सन गरौँ



काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न नयाँ प्रक्रियामा जानुपर्ने बताएका छन् । उनले निर्वाचनमा सबैभन्दा पहिला उम्मेदवार राम्रो चयन गर्न नसके परिणाम राम्रो आउन नसक्ने भन्दै नयाँ प्रस्ताव गरेका हुन् ।

उनले संघीय र प्रदेश निर्वाचनमा राम्रा उम्मेदवार ल्याउनका लागि प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले प्राइमरी इलेक्सनको प्रस्ताव पेस गरेका हुन् ।

उनले भने, ‘१६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ `प्राइमरी इलेक्सन´ गर्ने कि ? त्यसबारे छलफल प्रारम्भ गरौँ ।’

यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरूभन्दा एक कदम अघि हुने र काँग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढङ्गले बढाउने उनको ठहर थियो ।