सबै दलको सहमतिमा संबिधान संसोधन:- शशांक कोइराला - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सबै दलको सहमतिमा संबिधान संसोधन:- शशांक कोइराला



काठमाण्डौ,२१ मंसिर।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अहिलेको समस्या समाधान गर्न सबै दल एकजुट हुनुपर्ने बताए ।

सोमबारदेखि नवलपरासीको कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्नपुगेका कोइरालाले यस्तो विचार राखेका हुन् ।

संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताए ।

सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताए ।